Rule 8
निकासी वा पैठारी भएको मालवस्तु पुन निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्था
(१) नेपालभित्र पैठारी भएको मालवस्तु जुन उद्देश्यको लागि पैठारी गरेको हो सो उद्देश्य परिपूर्ति हुन नसकेको वा प्रयोगशाला परीक्षणबाट गुणस्तरहीन ठहरिएकोले त्यस्तो मालवस्तुको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पैठारी गर्ने वा सो वापत विदेशी मुद्रा भुक्तानी भैसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो मालवस्तु पैठारी भएको वा भन्सार कार्यालयमा आइपुगेको मितिले नब्वे दिनभित्र महसुल नलिई फिर्ता लैजान दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मालवस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पैठारी नगरेमा वा त्यस्तो मालवस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भैसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकृतले प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने मालवस्तु फिर्ता गर्नु अगावै विदेशको आपूर्तिकर्ताले सोको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पठाएको रहेछ भने पैठारीकर्ताको निवेदन र पेश भएका कागजातबाट त्यस्तो मालवस्तु शोधभर्ना स्वरूप पैठारी भएको देखिएमा लाग्ने महसुल लिई भन्सार अधिकृतले जाचपास गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम शोधभर्नास्वरूप मालवस्तु पैठारी भैसके पछि पहिले पैठारी भएको मालवस्तु उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता पठाउदा भन्सार महसुल लाग्नेछैन र पहिले पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइनेछ ।
तर उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता नपठाई सो अवधि पछि फिर्ता पठाएमा सो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए पनि त्यस्तो भन्सार महसुल फिर्ता दिइने छैन ।
(५) नेपालभित्र वा विदेशी मुलुकमा लाग्ने हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण वा प्रदर्शनका निमित्त कुनै मालवस्तु पैठारी वा निकासी गर्नु परेमा मालवस्तुधनीले पैठारी वा निकासीको प्रयोजन खुलाई प्रज्ञापनपत्रमा उल्लिखित मालवस्तु भन्सार कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पैठारी वा निकासी हुने मालवस्तुमा लाग्ने महसुल धरौटी लिइनेछ ।
(७) हाटवजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न पैठारी वा निकासी गरिएको मालवस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको म्यादवाहेक तीस दिनभित्र पुन पैठारी वा निकासी गर्न भन्सार कार्यालयमा दाखिला गरेमा भन्सार कार्यालयले पुन पैठारी वा निकासी नभएको मालवस्तुमा लाग्ने महसुल धरौटी रहेको रकम मध्येबाट कटाई बाकी धरौटी रकम मालवस्तु धनीलाई फिर्ता गर्नु पर्नेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम मालवस्तु निकासी वा पैठारी गर्दा भन्सार अधिकृतले अभिलेख मात्र राखी लाग्ने महसुल नलिई निकासी वा पैठारी गर्न दिन सक्नेछ । निकासी भएको मालवस्तु विदेशमा नै खपत भएको वा पैठारी भएको मालवस्तु नेपालभित्र खपत भएको अवस्थामा त्यस्तो खपत भएको मालवस्तुमा लाग्ने महसुल सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ताबाट असुल गरिनेछ ।
(९) यस नियमबमोजिम मालवस्तु पैठारी गर्दा र निकासी गर्दा एउटै भन्सार कार्यालयबाट गर्नु पर्नेछ ।
(१०) उपनियम (९) बमोजिम एउटै भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न नसकिने अवस्था भएमा कारण खोली सम्बन्धित व्यक्तिले विभागमा निवेदन दिन सक्नेछ ।
त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिव देखिएमा विभागले कुनै अर्को भन्सार कार्यालयबाटसमेत यस नियमको प्रयोजनका लागि त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न अनुमति दिन सक्नेछ ।
(११) कुनै मालवस्तु पैठारी हुदा सो मालवस्तुको उपयोग र परिवहनका लागि त्यस्तो मालवस्तुसगै आपूर्ति हुने, बारम्बार प्रयोगमा आउने र मालवस्तुको प्रयोग गर्दासम्म खालि गर्न नसकिने किसिमको आधानपात्र (कन्टेनर) पछि निकासी हुने शर्तमा पैठारी गर्दा लाग्ने महसुल वापत सो रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापनपत्रमा निकासी हुने अवधि तोकी महसुल नलिई पैठारी गर्न भन्सार अधिकृतले अनुमति दिन सक्नेछ । यसरी बैङ्क जमानत राखी पैठारी भएका आधानपात्र प्रज्ञापनपत्रमा तोकिएको म्यादभित्र निकासी नभएमा लाग्ने महसुल बैङ्क जमानतबाट असुल गरिनेछ ।
तर त्यस्तो आधानपात्रभित्र रहेको मालवस्तु उपभोग गर्ने व्यक्तिले सो आधानपात्रबाट अन्य आधानपात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो मालवस्तुको आधानपात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन ।
(१२) कुनै उद्योगले स्वप्रयोजनको लागि उपनियम (११) बमोजिमको खाली आधानपात्रमा मालवस्तु भरी ल्याउनको लागि त्यस्तो आधानपात्र निकासी गर्न चाहेमा सो व्यहोरा खुलाई भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(१३) उपनियम (१२) बमोजिम निवेदन प्राप्त हुन आएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो खाली आधानपात्रको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो रकम बराबरको कम्तीमा छ महिनाको बैङ्क जमानत लिई तीन महिनासम्मको म्याद
दिई सो म्यादभित्र त्यस्तो आधानपात्रमा मालवस्तु भरी पुन पैठारी गर्ने शर्तमा त्यस्तो आधानपात्र निकासी गर्न अनुमति दिनु पर्नेछ ।
(१४) कुनै कारणले उपनियम (१३) बमोजिमको म्यादभित्र त्यस्तो आधानपात्र पुन पैठारी गर्न नसकेको कारण सहित सम्बन्धित उद्योगले म्याद थपका लागि निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले बढीमा एक महिनाको म्याद थप गरिदिन सक्नेछ ।
(१५) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उद्योगले त्यस्तो आधानपात्रमा मालवस्तु भरी पुन पैठारी गरेमा भन्सार अधिकृतले सो मालवस्तुमा लाग्ने महसुल असुल गरी उपनियम (१३) बमोजिम त्यस्तो उद्योगले नगद धरौटी राखेको भए त्यस्तो धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो जमानत फुकुवा गर्नेछ ।
(१६) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उद्योगले त्यस्तो आधानपात्र पुन पैठारी गरी नल्याएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ । त्यस्तो आधानपात्र त्यस्तो म्याद नाघे पछि पुन पैठारी गरी ल्याएको भएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीे नराखी बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी आधानपात्रमा ल्याएको मालवस्तुमा लाग्ने महसुल लिई जाँचपास गर्न
सक्नेछ ।
(१७) कुनै व्यक्तिले आफूले पैठारी गरेको वा नेपालभित्र खरिद गरेको बस वा ट्रकको चेसिस पैठारी वा खरिद गरेको मितिले तीन महिनाभित्र बडी बनाउनको लागि निकासी गर्न चाहेमा त्यस्तो चेसिस पैठारी गर्दाको प्रज्ञापनपत्र वा बीजक संलग्न गरी भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(१८) उपनियम (१७) बमोजिम निवेदन प्राप्त हुन आएमा भन्सार अधिकृतले बस वा ट्रकको चेसिसको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो बराबरको बैङ्क जमानत लिई छ महिनाको म्याद दिई बडी बनाई पुन पैठारी गर्ने शर्तमा निकासी गर्न अनुमति दिनु पर्नेछ ।
(१९) उपनियम (१८) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिसबाट छ महिनाभित्र बडी बनाई पुन पैठारी गरेमा भन्सार अधिकृतले बडी बनाई ल्याउंँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी पैठारीकर्ताले नगद धरौटी रकम राखेको भए त्यस्तो नगद धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानत फुकुवा गर्नेछ ।
(२०) उपनियम (१८) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो बस वा ट्रकको बडी बनाई पुन पैठारी गरी नल्याएमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ । त्यस्तो बस वा ट्रकको चेसिस यस नियम बमोजिमको म्याद नाघे पछि पुन पैठारी गरी ल्याएकोमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी बस वा ट्रकको बडी बनाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी जाँचपास गर्न सक्नेछ ।
(२१) विदेशमा कार्य गर्ने गरी ठेक्का प्राप्त गरेका नेपाली व्यक्तिले उक्त कार्यको लागि आवश्यक पर्ने सवारी तथा ढुवानीका साधनहरु, यन्त्र, उपकरणहरु तथा तिनका पाटपूर्जाहरु लैजान चाहेमा त्यसरी लैजान चाहने व्यक्तिले आवश्यक प्रमाण सहित भन्सार कार्यालयको प्रमख समक्ष निवेदन दिनु पर्नेछ ।
(२२) उपनियम (२१) बमोजिमको निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक छानविन गर्दा मनासिव देखिएमा निवेदकको माग बमोजिम बिना महसूल निकासी गर्ने अनुमति दिन सक्नेछ । यसरी निकासी भएमा निकासी भएका मालवस्तु कार्य सम्पन्न भएपछि फिर्ता ल्याउँदा महसूल लाग्ने छैन ।
(२३) नेपालमा उत्पादित मालवस्तु गुणस्तर परीक्षण गराउन निकासी गर्नु परेमा त्यस्ता मालवस्तुको मूल्यको पाँच प्रतिशत धरौटी लिई भन्सार कार्यालय प्रमुखले निकासी गर्न अनुमति दिन सक्नेछ ।
(२४) उपनियम (२३) बमोजिम परीक्षणको लागि निकासी गरेको मालवस्तु तीन महिनाभित्र फिर्ता ल्याएमा परीक्षण खर्चमा लागेको रकममा लाग्ने महसुल लिई पहिले राखेको धरौटी रकम फिर्ता दिइनेछ
(२५) उपनियम (२३) बमोजिम परीक्षणको लागि निकासी गरिएको मालवस्तु तीन महिना पछि फिर्ता ल्याएमा नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्नेछ ।